एक्काइसौं शताब्दीको माग पूरा गर्न तत्पर : ग्लोबल स्कुल अफ साइन्स (भिडियो)

एक्काइसौं शताब्दीको माग पूरा गर्न तत्पर : ग्लोबल स्कुल अफ साइन्स (भिडियो)


काठमाडौं ।

आजको २१ औं शताब्दी अर्थात विज्ञान र प्रविधिको युग । हो, यही युगको माग र आवश्यकता परिपूर्तिका लागि तत्पर छ, ग्लोबल स्कूल अफ साइन्स ।

स्वदेश तथा विदेशमा ख्यातिप्राप्त दक्ष तथा अनुभवी शिक्षाविद्हरू, अनुसन्धानकर्ताहरू, उद्यमी र नीति निर्माताहरूको समूह ‘प्रोफेसनल एजुकेटर्स लिमिटेड’द्वारा संचालित यस कलेजले विज्ञान प्रविधि शिक्षामा पायोनियर बन्ने लक्ष्य लिएको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टले व्यवस्थापन शिक्षामा विशिष्टता हासिल गरेसँगै एक्काइसौं शताब्दीको मागलाई मध्यनजर गर्दै ग्लोवल स्कुल अफ साइन्स संचालनमा ल्याएको हो । काठमाडौंको केन्द्र मध्य बानेश्वरमा अवस्थित यस कलेजमा दक्ष अध्यापकहरुबाट आधुनिक शिक्षण पद्धती अनुसार अध्यापन गराइन्छ ।

भिडियो :

आफ्नो विद्यार्थीलाई सफल, सक्षम र सवल नागरिक बनाउने लक्ष्य बोकेको यस कलेजले विद्यार्थीको इच्छा, क्षमता, लक्ष्य र सम्भावनाको मुल्यांकन गरेर सोही अनुरुपको शिक्षा प्रदान गर्दै आएको छ । एसइई परीक्षाको नतिजा, इन्ट्रान्स परीक्षाको नतिजा मात्रै होईन साइकोमेट्रिक टेष्ट गरेर विद्यार्थीको रुची र चाहना बुझ्दै अध्ययन अध्यापन गराउँदै आएको छ ।

किशोरावस्थामा पढाइमा प्रभाव पार्ने शारीरिक, मनोवैज्ञानिक, सामाजिक र आर्थिक पक्षलाई मध्यनजर गर्दै यस स्कुलले सोही अनुसार विद्यार्थीलाई परामर्श दिएर सहयोग गर्ने गर्छ । यस स्कुलले प्रयोगात्मक शिक्षालाई जोड दिनुका साथै सबै विषयमा अनिवार्य रुपमा प्रेजेन्टेसन गराउने गरेको छ । यहाँ अध्ययनरत कुनै पनि विद्यार्थीले बाहिर गएर ट्युसन पढ्नु पर्दैन ।

इन्फ्रास्ट्रक्चरका हिसावले समेत अब्बल ग्लोवल स्कुल अफ साइन्समा आधुनिक प्रविधिसहितको शिक्षामैत्री कक्षाकोठा त छदैछ त्यसका साथै अन्तराष्ट्रियस्तरको शैक्षिक वातावरण पनि उपलब्ध छ । मिनि सेमिनार हलका साथै २ सय जना क्षमताको अत्याधुनिक सुविधा सम्पन्न कन्फरेन्स हल पनि उपलब्ध यस कलेजले इ लर्निङलाई प्राथमिकतामा राख्दै क्लाउड बेष्ड टेक्नोलोजीसहित अपडेटेड कम्प्युटर ल्याव पनि राखेको छ । त्यस्तै स्कुलसँग भएको अत्याधुनिक प्रविधिजडित लाइब्रेरीमा विद्यार्थीले जुनसुकै बेला पनि चाहे अनुसारको पाठ्यपुस्तक अध्ययन गर्न सक्छन् ।

अध्ययनका लागि आवश्यक फिजिक्स, बायोलोजी, केमिष्ट्री लगायतका छुटाछुट्टै साइन्स ल्याबहरु जडित यस कलेजले सेमि रेसिडेन्ट लर्निङ सेन्टर, विद्यार्थीमैत्री बस, आधुनिक हस्पिटालिटीको सुविधासहित क्यान्टिनको व्यवस्था गरेको छ ।

विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलापलाई पनि उत्तिककै प्राथमिकतामा राखेको ग्लोवल स्कुल अफ साइन्सले आफ्ना विद्यार्थीहरुलाई क्रिकेट, बास्केटवल, ब्याडमिन्टन, टेबलटेनिस लगायतमा विद्यार्थीहरुलाई अवसर प्रदान गर्दै आएको छ । यसका साथै विद्यार्थीहरुको मानसिक तथा संवेगात्मक विकासका लागि सांगीतिक तथा बौद्धिक कार्यक्रमहरु, फिल्ड भिजिट, काउन्सिलिङ लगायतका अतिरिक्त क्रियाकलापहरु पनि संचालन गर्दै आएको छ ।

विद्यार्थीको उत्कृष्ट नतिजा र प्रोत्साहनका लागि यस कलेजले विभिन्न प्रकारका छात्रवृत्तिहरुको पनि व्यवस्था गरेको छ । विद्यार्थीहरुको मेहेनतको कदर गर्दै उनीहरुको थप प्रोत्साहनका लागि यस स्कुलले जीएसएस एक्सिलेन्सी अवार्ड तथा बेष्ट स्टुडेन्ट अफ द ब्याच घोषणा गरी ट्रफीसहित पुरस्कार प्रदान गर्दै आएको छ ।

Logo