अब पीसीआर परीक्षण शुल्क २ हजार भन्दा बढी लिन नपाइने

अब पीसीआर परीक्षण शुल्क २ हजार भन्दा बढी लिन नपाइने


सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अब सबै शुल्क गरेर अधिकतम २ हजारमा पीसीआर परीक्षण गर्न सकिने भएको हो ।

यस्तै विभिन्न चारवटा अस्पतालमा परीक्षण रिपोर्ट फरक फरक आएको विषयमा अनुसन्धान सुरु भएको उनले बताए ।

आज नेपालमा थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार १ सय ६५ वटा पीसीआर परीक्षण भएकोमा आज ३ सय ६४ महिला र ६७४ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ ।

आज १ हजार १ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट थप ९ जनाको मृत्यु भएको छ ।

Logo