चुनावी तालमेलबारे कांग्रेसले आधिकारिक निर्णय आज गर्ने

चुनावी तालमेलबारे कांग्रेसले आधिकारिक निर्णय आज गर्ने


आशन्न स्थानिय निर्वाचनमा चुनावी तालमेलबारे नेपाली कांग्रेसले आज आधिकारिक निर्णय गर्ने भएको छ । कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको हो । गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय राखीसकेकाले आजको बैठकले गठबन्धनबारे आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् । देउवाले गठबन्धन गरे कांग्रेसले सतप्रतिशत सिट जित्ने दावी गर्दै आएका छन् । केही नेताले गठबन्धनको जिम्मा स्थानिय तहलाईनै दिनुपर्ने धारणा राखेका छन् । १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूह गठबन्धन बिना नै निर्वाचनमा जानुपर्ने धारणा राख्दै आएका छन् । 

Logo