दैलेख केन्द्र भएर भूकम्प, केही घरहरुमा क्षति

दैलेख,
दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर गएराति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

केन्द्रका अनुसार यो ०७२ को भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो । भूकम्पले ४-५ वटा घरमा सामान्य क्षति पुर्याएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

स्मरणिय छ, आज बैशाख २९ गते । ०७२ मा आजकै दिन ६.९ रेक्टरस्केलको शक्तिशाली पराकम्प गएको थियो । बैशाख १२ पछि गएको यो सबैभन्दा ठूलो पराकम्प थियो । यसबाट थुप्रै धनजनको क्षति भएको थियो ।