सल्यानमा डोजर दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

सल्यानमा डोजर दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते


सल्यानमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका वठा नम्बर ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटो कटिङ गर्दै गरेको रा १ क ७१९ नम्बरको डोजर शनिबार राति दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

दाङ बबई गाउँपालिका हापुरे ४ घर भएका ३३ वर्षीय देवराज खत्री र सहचालक छत्रेश्वरी गाउँपालिका १ दमाचौरका अन्दाजी १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

चालक खत्रीको दुर्घटना स्थलमै मृत्यु भएको हो । गम्भीर घाइते भएका सहचालक विकको सल्यान जिल्ला अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका बागचौर नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३० का धन बहादुर वलीको अवस्था भने सामान्य भएको जनाइएको छ। 

Logo