उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न कांग्रेस महामन्त्री शर्माको आग्रह

उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न कांग्रेस महामन्त्री शर्माको आग्रह


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसका उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । उनले जो–जो व्यक्ति भएको भएपनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बतए । उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरु लागिरहेको पनि बताए ।

महामन्त्री शर्माले दश वर्षमा देशलाई विजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए । उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा विजुलीले खाना पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे । 

काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई बिस्थापित गरेर विद्युतीय गाडी विस्तार गरिने पनि उनको भनाइ छ । 

महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिँदै मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिए। मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सहीरुपमा मतदान गर्न मतदातालाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे।

फाइल फाेटाे

Logo