३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी

३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी


वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबारसम्ममा ७२ जिल्लामा मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ।

वैशाख १५ गतेसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ।

आयोगले स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा (१) मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरि पठाउन महानगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारीचालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय गरेको जनाएको छ।

Logo