कोरोना अपडेटः विश्वमा आठ लाख ८७ हजार बढीको मृत्यु, सङ्क्रमित कति ?

कोरोना अपडेटः विश्वमा आठ लाख ८७ हजार बढीको मृत्यु, सङ्क्रमित कति ?


काठमाडौं ।

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९३ लाख ७९ हजार ४९८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६४ लाख ६० हजार ४२१ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख २६ हजार ९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार २५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ५० हजार ४२९ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ लख ३७ हजार ६०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख १७ हजार २२७ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ ।

रुस १० लाख २५ हजार ५०५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ४० हजार ९४९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८२० जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ८९ हजार ९७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख १५ हजार ४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ८३८ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ६६ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख १८ हजार २२९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ४१२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ३८ हजार ५१७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६३ हजार ८९१ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ८८९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ३४ हजार २३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४२ हजार २६८ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ५५८ जनाको मृत्यु भएको छ । स्पेनमा ५ लाख १७ हजार १३३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख ७८ हजार ७९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ३९ हजार १३२ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ८५९ जनाको मृत्यु भएको छ ।रासस

Logo