मैत्रीपूर्ण खेलमा मलेसियासँग नेपाल २ गोलले पराजित

काठमाडौं,
फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार भएको नेपाल र मलेसियाको खेलमा नेपाल पराजित भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भए पनि दोस्रो हाफ भने पूरै मलेसियाको पकडमा रहँदा नेपाल २-० अन्तरले पराजित हुन पुग्यो ।

मलेसियाको बुकित जलील रंगशालामा भएको खेलमा नेपाल विरुद्ध घरेलु टिमले सुरुवाती ५ मिनेटमा तीन वटा आक्रमण गरेको थियो । जसमा उसले पहिलो प्रहार पोष्ट माथि प्रहार गयो भने दोस्रो प्रहारलाई किरण चेम्जोङले बचाए । त्यसपछि तेस्रो आक्रमण पोलमा लागेर फर्कियो ।

२८ औं मिनेटमा नेपालले गोलको राम्रो अवसर पाएको थियो । तर विक्रम लामाको प्रहार पोलमा लागेर फर्किन पुग्यो । ३६ औं मिनेटमा मेलेसियाको प्रयासलाई विफल पारेको नेपालले ४० औं मिनेटमा बल क्लियर गर्न पुग्दा देबेन्द्र तामाङले पहेंलो कार्ड पाए ।