पोखरा महानगरमा धनराज ३ हजार २७० मतले अगाडि

पोखरा महानगरमा धनराज ३ हजार २७० मतले अगाडि


पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीलाई  ३ हजार २७० मतले पछि पारेका छन् ।

जारी मतगणनाको पछिल्लो विवरण अनुसार उनी २६ हजार ९६८ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेका कृष्ण थापाले २३ हजार ६९८ ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार ११९ मत ल्याउँदा गठबन्धनबाट कोपिला रानाभाटले २७ हजार २८४ मत ल्याएकी छन् ।
 

Logo