इपीएस परीक्षामा पनि नक्कली परीक्षार्थी
फाइल फोटो

शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षामा सहभागी एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। विक्रम दाहालको नाममा परीक्षा दिइरहेका विवेश दाहाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाका लागि शनिबारबाट सुरु परीक्षा आइबार पनि चल्ने छ। परीक्षार्थीले काठमाडौं र पोखराबाट भाषा परीक्षा दिँदै छन्। भाषा परीक्षाका लागि यसपटक ९२ हजार ३ सय ५६ युवाले फर्म भरेका थिए ।