पाँच वर्षीया बालिका बलात्कृत
सांकेतिक तस्बिर

सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् ।

मामाघरमा बस्दै आएका १३ वर्षीय बालकले ललाइफकाई बिस्कुट खान दिईबलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि जेठ  २७ गते  सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लगेकी थिइन्  । अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताए  । आरोपितविरुद्धको उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ मिश्रले जानकारी दिए ।