#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30490264952223736999222168049
नेपाल615933901738343820

भारत र पाकिस्तानबीचको खेल हेर्न एक अर्ब दर्शक

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेट अन्र्तगत आइतबारको खेल विश्वकै लागि रोचक बन्नेछ । एक अर्कालाई दुश्मन मान्दै आएका भारत र पाकिस्तानबीच खेल विश्वकै लागि चासोको विषय बनेको हो ।

जारी प्रतियोगितामा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान पहिलो पटक भिड्न लागेका हुन् । आइतबार दिउँसो सवा तीन बजेदेखि वल्ड ट्राफोर्डमा हुने खेलमा भारत विराट कोहलीको कप्तानीमा र पाकिस्तान सर्फराज अहमदको कप्तानीमा मैदानमा उत्रने छन् ।

यो खेल विश्वभरमा एक अर्ब भन्दा बढीले टेलिभिजन मार्फत हेर्ने अनुमान छ । म्यानचेस्टरमा हुने खेलका लागि सात लाख बढीले टिकटको लागि निवेदन दिएका छन् । सात लाखले यो खेल प्रत्यक्ष मैदानमा सहभागी भएर हेर्न पाउनेछन् भने एक अर्ब मानिसले टेलिभिजनबाट हेर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार