राष्ट्रिय सभा सदस्यमा कसले मार्ला बाजीदेखि अस्ट्रेलियाको अर्थतन्त्रमा भारी गिरावटसम्म (भिडियोसहित)

राष्ट्रिय सभा सदस्यमा कसले मार्ला बाजीदेखि अस्ट्रेलियाको अर्थतन्त्रमा भारी गिरावटसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाभित्रको विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय सभा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा तालमेल नमिल्दा विवाद सतहमा आएको हो । गत फागुनदेखि राष्ट्रिय सभाको एक सीट रिक्त रहेको छ । कूल ५९ जना सदस्य रहेको राष्ट्रिय सभामा ५६ जना सात प्रदेशबाट आठ आठ जना निर्वाचित भएर आउँछन् ।

त्यस्तै झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले रु ७२ करोड अनुदान उपलब्ध गराउने भएको हो ।

सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा कोरोना भाइरस फैलिएको हो वा होइन भन्ने विषयमा अध्ययन गर्ने भएको हो ।

त्यस्तैगरी सरकारले देशभर २२ वटा अस्पतालमा कोभिड–१९ संक्रमणमा परेका बिरामीहरुलाई ‘प्लाज्मा थेरापी’ बाट उपचार गरिरहेको छ । तर प्लाज्माको उपचार विधि सम्बन्धमा विशेषज्ञहरुले भने प्रश्न उठाएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सिफारिसमा विभिन्न अस्पतालामा प्लाज्मा थेरापीबाट परीक्षणको रुपमा उपचार भएपछि विशेषज्ञहरुले प्रश्न उठाएका हुन् ।

कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्ष यताको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo