मातृकाको दुईमुटु एउटैपारी सार्वजनिक ( भिडियो सहित )

काठमाडौं,

गायक मातृका आचार्य र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको प्रेमिल गीत दुईमुटु एउटै पारी भिडियोमा सार्वजनिक भएको छ । केही समय अघि अडियो भर्जनमा सार्वजनिक भएको यस गीतमा बिनिता बस्याल र यज्ञ बस्यालको अभिनय रहेको छ भने झोली प्रोडक्सनले यसलाई निर्माण गरेको छ ।

पुरुषोत्तम न्यौपानेको संगीत संयोजन रहेको यस गीतको रचना स्वयं गायक मातृका आचार्यले नै गरेका हुन् र गीतको भिडियो निर्देशन जितु तामाङले गरेका छन् र यसलाई ओएसआर डिजिटलले बजारमा ल्याएको छ ।

स्मरण रहोस् गायक आचार्यका मनभित्रको हिमाल र घाटमा मलाई लाँदा भन्ने गीत पनि सार्वजनिक भइसकेका छन् । हेरौं भिडियोमा :