संसदमा एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग

संसदमा एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग


अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट बनेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ।  

सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारे । उनले भने, ‘उहाँलाई पदमा राखेर छानबिन हुन सक्दैन्, अर्थमन्त्रीले राजिनामा दिनुपर्छ ।’

उनले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपमा बोल्ने कुनै नैतिक आधार नरहेको बताए ।

Logo