रामेछाप बस दुर्घटना : मृतकका परिवारलाई सुनापति गाउँपालिकाले आर्थिक सहयोग गर्ने

रामेछाप बस दुर्घटना : मृतकका परिवारलाई सुनापति गाउँपालिकाले आर्थिक सहयोग गर्ने


रामेछापको सुनापती गाउँपालिकाले हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका आफ्नो क्षेत्रका नागरिकका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । 

बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई ३० हजार रुपैयाँका दरले दाहसंस्कार तथा काजकिरिया खर्च उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले जानकारी दिए । उनले  विज्ञप्ति निकालेर दुर्घटनाका कारण गाउँपालिका शोकमा रहेको बताए ।  

हिजो बिहान सुनापती गाउँपालिकाबाट छुटेको बस खाँडादेवी गाउँपालिका वडा नम्बर १ मा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । १० जना छन् सुनापती गाउँपालिकाका हुन् ।

 

Logo