नेपाल दोस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा क्यानाडासँग ८३ रनले पराजित

नेपाल दोस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा क्यानाडासँग ८३ रनले पराजित


नेपाल दोस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनले पराजित भएको छ ।

यो हारसँगै नेपाल २ खेलको सिरिज एक शुन्यले हारेको छ । पहिलो खेल बर्षाका प्रभावित भएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निधारित ५० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो । जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो । नेपालका लागि देव खनालले सर्वाधिक २६ रन बनाए ।

ओपनर कुशल भुर्तेल १ रन र पवन सरार्फ १४ रनमा आउट भए । बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले समान १३ रन जोडे । सन्दीप लामिछाने ११ रनमा आउट भए । क्यानडाका लागि श्रेयस मोभा र अमर खालिदले ७० रनको साझेदारी गरे । जसमा श्रेयसले ५० रन बनाए भने खालिदले ३० रन जोडे । यस्तै आरोन जोनसनले ४४ रनको योगदान दिए । 

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । यस्तै बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए । क्यानाडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुई दुई विकेट लिए । नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । 

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।
अब नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ ।

Logo