बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता

बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता


बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १३२५ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ८८६ मत पाएका छन् । उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १२९० मत पाएकी छन् भने कांग्रेसकी रीता शाही (शाह)ले  ९१९ मत छ । 

हालसम्म  वडानम्बर १, १० र २ को २३४० मत गणना भएको छ । मत गणना सकिएका २ वडामा एमाले विजयी भएको छ भने वडानम्बर २ मा पनि एमालेले अग्रता लिएको छ । बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

Logo