करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर दुई जनाको मृत्यु


तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

तनहुँको भिमाद नगरपालिका-५ बस्ने हरिनास गाउँपालिका-१ केक्मी घर भएका २२ वर्षीय गोबिन्द मगरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । ग्रामिण विद्युतीकरण आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी अशक्त भएका थिए । 

उनको वीपी कोईराला स्वास प्रस्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरको पर्सा जगनाथपुर गाउँपालिका-४ बस्ने २८ वर्षीय नन्दु राम हजाराको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । गढी गाउँपालिका-३ बस्ने राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका  थिए । उनको सन्चो अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । 

Logo