यस्ता पनि प्रधानाध्यापक जो साथीहरू बोलाएर विद्यालयमै तास खेल्छन्

यस्ता पनि प्रधानाध्यापक जो साथीहरू बोलाएर विद्यालयमै तास खेल्छन्


शिक्षक अर्थात समाजका अगुवा । तर उनैले विद्यालयमा साथीहरू बोलाएर तासको खेल जमाउछ भने समाजले के सिक्ने ?

कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका  प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । लिटिल हेभन स्कुलमा तास खेलिरहेको बेलामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरका अनुसार उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद गरिएको छ  । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।

उनीहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने उनले जानकारी दिए।

Logo