विद्यालयको बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

विद्यालयको बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु


दाङमा विद्यालयको बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । 

गढवा गाउँपालिका-७ मानपुरका भीमसेन थापाकी छोरी तीन वर्षीया पूजाको ज्यान गएको हो । प्रहरीका अनुसार शुक्रबार आफू पढ्ने न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किचेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बसबाट ओर्लिने क्रममा उनलाई पछाडिको टायरले किचेको बताए ।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइए लगत्तै मृत्यु भएको थियो। प्रहरीले विद्यालयको बस र चालकलाई  नियन्त्रणमा लिएको छ ।

Logo