सेयर बजारमा उच्च अंकको गिरावट

सेयर बजारमा उच्च अंकको गिरावट


कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । सोमबार १७ दशमलव ६७ अंकले घटेको बजार मंगलबार ४५ दशमलव ४२ अंकले घटेर २ हजार ६० विन्दुमा झरेको हो ।

मंगलबार २२२ वटा धितोपत्रका ६६ लाख ४६ हजार कित्ता सेयर २ अर्ब ८१ करोड ५१ लाख रुपैयाँमा खरीद विक्री भएको नेप्सेले जनाएको छ । 

मंगलबार १३ वटै समूहको परिसूचक घटेको छ सबैभन्दा बढी अन्य समूहको ४ दशमलव ८४ प्रतिशतले घटेको हो । 

त्यस्तै, हिमालयन हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकममा सबैभन्दा बढी नागरिक लगानी कोषको  १५ करोड १० लाखभन्दा बढीको सेयर कारोबार भयो ।
 

Logo