विश्वकप छनोट : नेपाल र मलेसियाको खेल वर्षाका कारण शुरु हुन सकेन

काठमाडौं,
आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आज हुने भनिएको नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण अझै शुरु भएको छैन ।

मंगलबारको खेलमा नेपाल पहिलो खेलमै पराजय भएको थियो । सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा मंगलबार भएको खेलमा कतारले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

आज कतारविरुद्धको खेलमा घाइते हुन पुगेका नेपालका कप्तान पारस खड्का मलेसियाविरुद्धको खेलमा नखेल्ने भएका छन् । आज नेपालको कप्तानी उपकप्तान ज्ञानेन्द्र मल्लले निभाउनेछन् ।

नेपाललाई बाँकी तीनवटै खेल जित्नु पर्ने दबाब छ । बुधबारको म्याचबाट नेपालले दुई अंक नजितेको खण्डमा ग्लोबल क्वालिफायरमा नपुग्ने सम्भावना चुलिनेछ ।

विश्वकप छनोट : नेपाल र मलेसियाको खेल वर्षाका कारण शुरु हुन सकेन