कारोना अपडेटः देशभर मंगलबार मात्रै ८५५ जना थपिए

कारोना अपडेटः देशभर मंगलबार मात्रै ८५५ जना थपिए


काठमाडौं । देशभर मंगलबार कोरोना भाइरसका ८ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मंगलबार ८ सय ५५ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै देशभर कूल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ रहेको छ ।

त्यस्तै देशभर डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ रहेको छ । मंगलबार मात्रै थप ३ सय १३ जना डिस्चार्ज भएका छन् ।

त्यस्तैगरी पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ पीसीआर परीक्षण गरिएको छ । योसँगै देशभर ६ लाख २१ हजार ९ सय १ पुगेको छ ।

Logo