कुवेतबिरुद्ध पारसको विष्फोटक ब्याटिङ, नेपाल ७ विकेटले विजयी

आईसीसी ट्वान्टी २० विश्वकप  एसिया छनोट अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ ।

कप्तान पारस खड्काको विष्फोटक अर्धशतक तथा बसन्त रेग्मी र सन्दीप लामिछानेको शशक्त स्पिन बलिङले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।

कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ११ चौका र १ छक्काको सहयोगमा ६८ रनको शानदार पारी खेले ।

यसअघि सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।