किन सामाजिक सञ्जालमा लेख्दैछन् बालेनविरुद्ध हर्क

किन सामाजिक सञ्जालमा लेख्दैछन् बालेनविरुद्ध हर्क


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको छ ।

फेसबुकमा एकोहोरो स्टाटस लेखिरहेका मेयर हर्कका फेसबुक पोष्ट र कमेन्टलाई लिएर सामाजिक सञ्जाल तातेको छ । कतिले ट्रोल बनाएका छन् भने कतिले आलोचना गरेका छन् । अब हर्कलाई बालेनको जवाफ के होला भन्दै मानिसहरु सामाजिक सञ्जाल कुरेर बसेका छन् ।आजको ट्रेण्डिङ एक्सप्रेसमा लौरो टेकेर मेयर बनेका बालेन र हर्कबीचको जुहारी ।

चार दिन काठमाडौं बसेर धरान फर्केदेखि मेयर हर्क साम्पाङ काठमाडौंका मेयर बालेन्द्र शाहविरुद्ध सामाजिक सञ्जालमार्फत युद्ध छेडिरहेका छन् । त्यो पनि मुटु घोच्ने गरीका तीखा शब्दहरुबाट । काठमाडौंको फोहोर देखेर धरानका मेयरले गरेको कटाक्ष मेयर बालेनले सहन नसकेपछि आफ्नो जीत पनि धरानका मेयरले गरिदिएको होला भन्दै प्रतिकटाक्ष गरिरहेका छन् । त्यसयता हर्क बालेनलाई लगातार कटाक्ष गरिरहेका छन् भने बालेन अहिले चुप छन् । 

दूई मेयर हर्क र बालेन स्थानिय निर्वाचनमा लौरो चुनाव चिन्ह लिँदै स्वतन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएका हुन् । यी दुई जनप्रतिनिधीले गर्ने हरेक काम र निर्णयहरुलाई देशभरका जनताले बडो महत्वका साथ लिन्छन् । किनभने यी दुवै स्थानिय तहको निर्वाचनमा पुराना दलहरुको किल्ला भत्काउँदै जनताको मतबाट विजयी भएका हुन् । विजयपछि उनीहरुको देशैभरी चर्चा चलेको थियो । चुनावमा जीत हाँसिलका लागि पार्टिमा आबद्ध हुनुपर्छ भन्ने भ्रम चिर्न यी दुई मेयर सफल भएका छन् । बुधबार राती सुरुमा हर्क साम्पाङले फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै आफु काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन भन्दै व्यङ्ग्य गरेका थिए ।

त्यसपछि काठमाडौंका मेयर बालेन शाहले उनको पोस्टमा प्रतिक्रिया दिँदै लेखेका छन्,हो नि । “तपाईँकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि ।” स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका दुई चर्चित मेयर साम्पाङ र शाहबीच फेसबुकमा जुहारी चलेपछि अहिले सामाजिक सञ्जाल निकै तातेको छ । उनीहरुबीच चलेको जुहारीको चर्चा संसदमा समेत चलेको छ । नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीच चलेको जुहारीको विषय संसदमा उठाएका हुन् । उनले फोहेर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले प्रभावकारी काम नगरेको बताएका छन् ।

सांसद राईले महानगरपालिकाले फोहो विर्सजनमा माटोले पुर्ने काम गरेको आरोप पनि लगाएका छन् । त्यसैगरी मेयर साम्पाङ्ले गरेको फेसबुकमा कलाकारहरु र राजनितीक दलका नेताहरुले समेत आफ्नो अभिव्यक्ति व्यक्त गरेका छन् । बालेन र हर्क दुबै सामाजिक सञ्जालमा अति सक्रिय मेयर हुन । उनीहरुको हरेक कुराको तुलना हुने गरेको छ । हालै काठमाडौँ आएका हर्कले यसअघि सडकमा थुप्रिएको फोहोरको बारेमा पनि अभिव्यक्ति दिएका थिए ।

धरान नै सफल हुन लागेको भन्दै उनले काठमाडौंको विजोक देख्दा श्रमदान गर्न मन लागेको पनि बताएका थिए । उनले पुनः अर्को पोष्ट गर्दै लेखेका छन्,आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनिती गनुृ बेकारमा ?यसमा भने बालेनको कुनै कमेण्ट छैन । मेयर साम्पाङ्ले भने पुनः तेश्रो पोष्ट गर्दै केही आक्रशित हुँदै लेखेका छन्,“देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन । मुख बजाउन छाडेर पाखुरा बजाऊ नालायक हो ।नामले खाएकाहरु हो ।

तिमेरुको रिस उठोस् बेस्सरी । काम गर काम हावा तालका हो ।” यो पोष्टमा पनि बालेनको कुनै कमेण्ट आएको छैन । हर्कले गरेको यो पोष्टमा धेरैले प्रतिक्रियाहरुमा उनलाई संयमित हुन र पोष्ट कम गर्न सुझाव दिएका छन् । त्यस्तै बालेनको कमेण्टमा भने बहुसंख्यकले समर्थन जनाउँदै सहमतिको प्रतिक्रिया जनाएका छन् । फेसबुकमा एकोहोरो स्टाटस लेखिरहेका उनले विहीबार धरानका युट्युबरसँग पनि बालेनप्रति तिक्तता ओकेले । मेयर साम्पाङ स्थानीय सर्दुखोलामा खानेपानीको मुहान अवलोकन पुगेका थिए । त्यहाँ क्यामरा बोकेर पुगेका केही युट्युबरले उनीसँग भलाकुसारी गरे । 

टेस्टमा लेख्ने :
उनलाई सुरुमा काठमाडौं पुग्दा कस्तो महसुस भयो भनेर सोधिएको थियो ।साम्पाङले जवाफ दिए, ‘धरानमा भन्दा मेरा समर्थक काठमाडौंमा रैछन् जस्तो लाग्यो । नजिकको मान्छेलाई त्यति वास्ता पनि हुन्न ।’ उनले आफूलाई तारासँग तुलना गर्दै भने, ‘बत्ती र स्टारमा के फरक छ भन्नुस् त ? स्टार टाढा हुने भएकाले त्यसको महत्व धेरै हुन्छ ।’त्यसपछि युट्युबरले बालेनसँगको वाकयुद्धको प्रसंग कोट्याए । मेयर साम्पाङ जवाफ दिनबाट पन्छिएनन् । उनले भने, ‘मैले उहाँलाई यसो चलाइदेको मात्रै हो । बसिराख्नुभाको रैछ, उठौं भनेर ।’बालेनलाई किन भेट्नुभएन त ? भनेर सोध्दा साम्पाङ भन्छन्,“बालेन साहसँग भेट्न आवश्यकता के पर्छ र मेरो ? न ऊ प्रदेशको रिप्रेजेन्ट गर्ने, न संघको ।

उहाँ मेयर, म पनि मेयर । उहाँ ठूलो महानगरपालिकाको सुविधासम्पन्न र स्रोतसाधन सम्पन्न मेयर । म भनेको यस्तै पाखाभित्ताको मेयर ।’तैपनि साथीको हिसाबले भेट्न सकिन्थ्यो नि ? भनेर सोध्दा साम्पाङ भन्छन् ‘हामी साथी कहाँ हो र ? स्वतन्त्र–स्वतन्त्र, लौरो–लौरो भनेरमात्रै भनेको हो । अहिलेसम्म मैले एउटा म्यासेज लेख्या छैन उहाँलाई ।’बालेनले त मेरो लौरो चुनाव चिन्ह लिएर जितेको जस्तो कुरा गर्नुभएको छ नि ?’ उनी भन्छन्,“त्यो भ्रममा नबस्दा पनि हुन्छ । बालेन साहले संघर्ष ग¥या छ र ? हावामा ¥याप गाएर आको मान्छे । त्यो खालको कुरा गर्यो भने ।

उहाँको फाल्टै लोकप्रियता थियो, उहाँले जित्नुभयो । मेरो फाल्टै लोकप्रियता थियो, मैले जितें । जोडेर हेर्नुपर्ने आवश्यकता छैन । एउटा म्यासेज गरेको छैन उहाँ र मैले । एउटै हो कि भन्ने भ्रम यसपालि प्रस्ट भयो होइन ? उहाँसँग भेट्ने प्लान पनि थिएन मेरो । अलि सोसल पनि हो जस्तो लागेन मलाई त । केके–केके लेख्नुहुन्छ । श्रमदान गर्नुप¥यो भनेको ५ केजी खोइ के–के भनिराख्नुभाथ्यो । काम गरेर देखाउनु नि ! बालेनजीलाई यहाँबाट भन्छु, एउटा चैं काम गरेर देखाउनु अनि बालेनसँग कुरा गर्न पाउनुहोला । यतिमात्रै भनौं ।”

यति भनेर उनी हिँड्छन् । तर, हिँड्दाहिँड्दै बालेनलाई गाली गर्दै एक्लै भुत्भुताउँछन् । ‘के ग¥या छ त ? फोहोर सोहोरेर देखाए हुन्थ्यो नि ! मैले यहाँ ६ लाख विरुवा रोपिसकेँ ।’पछाडिबाट युट्युबरले सोध्छन्, ‘फोहोर त धरानमा पनि छ नि हैन ?’साम्पाङ भन्छन्, ‘छैन । नचाहिने कुरा उठाएर हुन्छ ? बाटोमा देखाउनु नि ! पाँच मिनेटमा उठाउँछु । कहाँ छ फोहोर ?’

पढ्ने :
दुई मेयरबीच सामाजिक सञ्जालमा जुहारी चलेको केही समय पछि नै हर्कले आफुले गरेको कार्यविवरण सार्वजनिक गरेपछि मेयर बालेनलाई टक्कर दिएको देखिन्छ । यता काठमाडौँ महानगरपालिकामा भने मुख्य समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनमा कुनै नवीनता देखिएको छैन । नयाँ नेतृत्व चयन भएपछि विगतका वेथिती हटेर काठमाडौँ महानगर नयाँ कोणबाट अगाडि बढ्छ भन्ने महानगरवासीको आशा थियो ।

तर नयाँ नेतृत्वको कार्यकाल तीन महिना बितिसक्दा पनि महानगरले फोहोरमैला व्यवस्थापन,सार्वजनिक शौचालय र सवारी चाप व्यवस्थापनका लागि पहल भएपनि दिगो रुपमा समस्याको समाधान भने अझै गर्न सकेको छैन । हुन त महानगरपालिकाले फोहोर व्यवस्थापनलाइृ प्राथमिकता दिएर काम गरिरहेको छ । महानगरले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरबासीलाई आग्रह गरेको थियो ।

यसरी नछुट्याए प्रत्येक पटक पाँच सय रुपैया जरिवाना दिने चेतावनी पनि दिएको थियो । तर निर्देशन दिएपछि फोहोर उठेको छैन भन्दा पनि हुन्छ । नुवाकोटको वन्चरेडाँडाीस्थ ल्याण्डफिल साइट निर्माणमा ढिलाई र वर्षाका कारणले सडक अवरुद्ध हुँदा फोहोर उठाउन समस्या भएको महानगरले बताउँदै आएको छ । सामाजिक सञ्जालमा मेयर साम्पाङ्ले गरेको टिप्पणीमा मेयर शाहले जनताको पक्षमा काम गर्न नसकेको कुरालाई उठान गर्न खोजिएको छ ।

तर शाहले भने कुनै पनि काम योजना नबनाइ गर्दा त्यसले पछि गएर असर गर्ने हुँदा ढिलै काम सम्पन्न गरेपनि अध्ययन र अनुसन्धान गरि दिगो रुपमा गर्ने बताउँदै आएका छन्  जनप्रतिनिधीको नाताले शिष्ट भाषामा सुझाव दिनुपर्नेमा सामाजिक सञ्जालबाटै गरिएको टिप्पणीले भने साम्पाङ आफूले गरेको कामप्रतिको अहम र अरुलाई कमजोर ठान्ने मानसिकता रहेको बुझ्न सकिन्छ । सामाजिक सञ्जालमा यी दुई मेयरका समर्थकहरु पनि उत्तिकै छन् ।

त्यसैले प्रस्पिर्धात्मक शैलीबाट भन्दा पनि ठोस योजना र काम गर्दै आउने अड्चन हटाउँदै काम गर्दा राम्रो हुने देखिन्छ । स्वतन्त्रबाट निर्वाचित दुइृ मेयर मित्रवत् व्यवहार हुनुपर्ने हो । तर उनीहरुबीच सामाजिक सञ्जालमा वाक्युद्ध नै भयो । 

Logo