नेपालमा १ लाख २८ हजारभन्दा बढीले लगाए कोरोना खोप

नेपालमा १ लाख २८ हजारभन्दा बढीले लगाए कोरोना खोप


कोरोनाविरुद्धको खोप अभियानको छैटौं दिनसम्म नेपालमा कूल १ लाख २८ हजार ६५० जनाले  खोप लगाएका छन् ।

नेपालमा मंगलबार बेलुका ४ बजेसम्मको तथ्यांकका अनुसार २०१ वटा खोपकेन्द्रबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।

प्रदेशगत तथ्याङ्कअनुसार प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, वागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकीमा १६ हजार २७०, लुम्बिनीमा १७ हजार ९७९, कर्णालीमा ६,६६० र सुदूपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएका हुन् ।

Logo