‘न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस् श्रीमान्’ : गगन थापा

‘न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस् श्रीमान्’ : गगन थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले गगन थापाले प्रधानमन्‍त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाउनेमा कांग्रेस विश्‍वस्त रहेको बताएका छन्।

शहीदको दिवसको अवसरमा शुक्रबार शान्ति वाटिकामा आयोजित सभामा सम्बोधन गर्दै नेता थापाले न्यायलयबाट दाँयाबाँया नहुनेमा आफू विश्‍वस्त रहेको बताए। उनले न्यायालयप्रति कांग्रेसको विश्‍वास र सम्मान रहेको उल्लेख गर्दै भने, ‘तर अदालतबारे कांग्रेस बोल्दैन भन्‍ने भ्रम नपाल्नु होला। अदालतमा विचराधिन मुद्दामा कांग्रेसले बोलिसकेको छ। पुस ५ को ओलीको कदम असंवैधानिक र अलोकतान्‍त्रिक छ। यसमा अदालतले दायाँबायाँ गर्न सक्दैन भन्‍ने हाम्रो विश्‍वास छ। गर्नु हुँदैन भन्‍ने हाम्रो मान्यता छ।’

थापाले पंचायतका बेला बीपी कोइरालाले न्यायलयलाई दिएको चेतावनी स्मरण गर्दै भने, ‘त्यो बेला पनि बीपीले अदालततिर हेरेर भन्‍नु भएको थियो, यो अदालत हो श्रीमान्, न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस्। श्रीमानहरूले दायाँ नहेर्नुस् बायाँ नहेर्नुस् वर पनि नहेर्नुस् पर पनि नेहेर्नुस्। न्याय गर्नुस् र विवेक प्रयोग पुर्‍याउनुहोस्। फाँसी मुद्दा लागेका बेला पनि यसरी बोल्‍ने बीपीका कार्यकर्ताहरू रामशाहपथ देखेर परपर भागेर अदालतबारे बोल्‍न हुँदैन भन्छन् भने तीनलाई म कायर भन्छु।’

थापाले हिजो संविधान निर्माणका क्रममा कम्युनिस्ट पार्टीका सभासद्हरूले अदालतलाई संसद् मातहत राख्‍ने प्रस्ताव अघि सार्दा कांग्रेसले अस्वीकार गरेको र न्यायालयको स्वतन्‍त्रता एवं गरिमाको पक्षमा वकालत गरेको स्मरण गर्दै भने, ‘संविधान निर्माणका क्रममा कम्युनिस्ट पार्टीका सभासद्हरूबाट अदालतलाई संसद् मातहत राख्‍ने प्रस्ताव आएको थियो। त्यसलाई हामीले नै हो अस्वीकार गरेर न्यायलयको स्वतन्‍त्रता एवं गरिमाको पक्षमा लडेको। हिजो यही संसदले हो अदालतको सम्मान र मर्यादा कायम गरेको हो। हामी चाहान्छौं। अब यही अदालतले संसदको सम्मान राखोस् ।’

बहुमतप्राप्त प्रधानमन्‍त्रीलाई संसद विघटन गर्ने अधिकार संविधान नदिएको उल्लेख गर्दै भने, बहुमतप्राप्त प्रधानमन्‍त्रीले सरकार चलाउन मन भएन भने खुरुक्क घर जाने हो। घर जाने मन नभए पनि बन जाने हो तर यो भन्दा दायाँबायाँ गर्ने हक संविधानले दिएको छैन। अहिलेको चिन्ता र प्रश्‍न संविधान र न्यायको पक्षमा रहेको बताउँदै नेता थापाले भने, ‘अहिले प्रश्‍न निर्वाचनको पक्षमा कि संसद्‌ पुनर्स्थापनाको पक्षमा भन्ने होइन। यो गलत हो। संविधानको रक्षा र न्यायको पक्षमा हो अहिले प्रश्‍न र चिन्ता।’अन्नपूर्णबाट

Logo