बन्द हड्तालको विकल्प खोज्न व्यवसायीहरुको आग्रह

बन्द हड्तालको विकल्प खोज्न व्यवसायीहरुको आग्रह


काठमाडौं ।

व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन् ।

प्रचण्ड माधव पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै आजका लागि देशव्यापी आमहड्तालको घोषणा गरेपछि व्यवसायीहरुले बन्दले सर्वसाधारणले दुःख पाउने भन्दै हड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।

कोरोनाका कारण लामो समय बन्द रहेको व्यापार व्यवसाय भर्खरै चलायमान हुन थालेको बेला यस्ता बन्द हड्तालले झन ठूलो असर गर्ने भन्दै उनीहरुले हड्तालको विकल्प खोज्न आग्रह गरेका छन् ।

Logo