गण्डकी: ७ मन्त्रालय फुटाएर ९ बनाउने निर्णय

गण्डकी: ७ मन्त्रालय फुटाएर ९ बनाउने निर्णय

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालय फुटाएर ९ मन्त्रालय बनाउने निर्णय गरेको छ।

प्रदेशअन्तर्गतको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय थप्ने निर्णय भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको प्रदेश मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

यसअगाडि पनि मुख्यमन्त्री खगराज अधिकारीले १२ मन्त्रालयलाई घटाउँदै ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए।

Logo