हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय दुई जना लाभान्वित

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय दुई जना लाभान्वित

केन्द्रबिन्दु
42
Shares

हुम्ला । जिल्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविरबाट छ सय दुई जनाले सेवा लिएका छन्।

गाउँपालिकाले ‘भेटौँला चङ्खेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चङ्खेलीबासीका दुःख मेटौँला’ नारासहित प्रत्येक महिनाको एक दिन विशेषज्ञ डाक्टरबाट आफ्नो मातहतमा रहेका प्रत्येक स्वास्थ्यचौकीबाट निःशुल्क सेवा दिँदै आएको छ।

पालिका मातहतका स्वास्थ्यचौकीमा ‘एमबिबीएस’ डाक्टरबाट सेवा दिने हेतुले मिमी स्वास्थ्यचौकी, दार्मा स्वास्थ्यचौकी, मेल्छाम स्वास्थ्यचौकी र पिप्लाङ स्वास्थ्यचौकीले सेवा सेवा प्रवाह गरेका गाउँपालिका स्वास्थ्य संयोजक सुरवीर शाहीले बताए।

पाँच दिनसम्म सञ्चालन भएको शिविरमा उपचार सम्भव नभएका ४९ जनालाई थप उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल रिफर गरिएको शाहीले बताए।

Logo