धामीगाउँकी एक महिला तीन दिनदेखि बेपत्ता

धामीगाउँकी एक महिला तीन दिनदेखि बेपत्ता

केन्द्रबिन्दु
952
Shares

बैतडी । डिलाशैनी एक महिला विगत तीन दिनदेखि बेपत्ता भएकी छिन्। डिलासैनी गाउँपालिका-७ धामीगाउँ स्थायी ठेगाना भएकी ३२ वर्षिया धिरा बिष्ट बेपत्ता भएकी हुन्।

स्थानीय बजार गोकुलेश्वर पैसा लिन जान्छु भनेर घरबाट हिँडेकी बिष्ट विगत तीनदेखि सम्पर्कविहीन भएको उनका आफन्त दिलेन्द्र धामीले जानकारी दिएका छन्। उनले भने, ‘घरबाट पैसा लिन्छु भनेर जानुभएको कुरा उहाँको श्रीमानले भन्नुभएको छ। दाइले बैंकमा पठाएको पैसा लिन्छु भनेर जानुभएको तर अहिले सम्पर्कमा हुनुहुन्न।’

बेपत्ता धामीको खोजीका लागि सहयोग गर्न परिवारले आग्रह गरेको छ। श्रीमानसँग उनको सम्बन्ध राम्रो नभएको र अहिले छुट्टै बस्दै आएको बताइएको छ।

यसअघि पनि उनी ६ महिनाभन्दा बढी समय सम्पर्कविहीन भएकी थिइन्।

उनलाई कसैले देखेमा नजिकको प्रहरी वा मोबाइल नम्बर ९८६२४६७५३६मा सम्पर्क गरी सहयोग गर्न परिवारले आग्रह गरेको छ।

Logo