छुटे कमेडियन अपूर्व क्षितिज सिंह

छुटे कमेडियन अपूर्व क्षितिज सिंह

केन्द्रबिन्दु
0
Shares

कमेडियन अपूर्व क्षितिज सिंह रिहा भएका छन् । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोगमा  प्रहरी हिरासतमा रहेका उनी  कोरोना संक्रमणका कारण हाजिर जमानीमा रिहा भएका हुन् । 

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार सिंहमाथिको अनुसन्धान नसकिएको तर कोरोना उपचारपछि उपस्थित हुने गरी रिहा गरिएको हो । 

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा रहेका सिंह बिरामी भएपछि गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना भएका थिए । । बुधबार मात्रै जिल्ला अदालत काठमाडौंले सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । 

नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका सिंहलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएर फेसबुकमार्फत माफी पनि मागेका थिए ।

Logo