सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु

सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिममा डेङ्गुका कारण दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका–६ की १२ वर्षीया बालिका र दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ की ५ वर्षीया बालिका रहेकी छन् । कैलालीको बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ । 

यसैगरी दार्चुलामा पनि डेङ्गुका कारण एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी ५ वर्षीया बालिका उषा धामी रहेकी छन् । भदौ २० गते जिल्ला अस्पताल दार्चुला भर्ना गरिएकी ती बालिकामा डेंगुसँगै स्क्रब टाइफसको समेत संक्रमण देखाएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए ।

डेङ्‍गु र स्क्रब टाइफस समेत देखिएकी ती बालिकालाई अभिभावकले घर लगेका थिए । घर लगिएकी बालिकालाई स्थानीय स्वास्थ्य चौकिमा उपचार गर्दा बिहीबार बिहान ती बालिकाको मृत्यु भएको संयोजक ओझाले बताए । दार्चुलामा डेङ्गुका रोगीको संख्या उच्च रहेको छ ।

दार्चुलामा बिहीबारसम्म ३९ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ । 

डेङ्गुकै कारण भदौ १४ गते धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको पनि मृत्यु भएको थियो ।

Logo