छ्यादी खोलमा नुहाउने क्रममा हराएका शिक्षक भिरमा फेला, हेलिकोप्टरबाट उद्धार गरिंदै

छ्यादी खोलमा नुहाउने क्रममा हराएका शिक्षक भिरमा फेला, हेलिकोप्टरबाट उद्धार गरिंदै

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं.१ स्थित छ्यादी खोलामा नुहाउने क्रममा क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटी जिवितै फेला परेका छन् । 

दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई हेलिकोप्टरको सहयोगमा उद्धार गरिंदै छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डिएसपी दक्षकुमार बस्नेतले शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको लागि हेलिकोप्टर झिकाइएको जानकारी दिए । 

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भिरबाट सिवाकोटीको आवाज आएको र उनको उद्धारको लागि जुटिसकेको जानकारी दिए । सिवाकोटी शनिबार नुहाउने क्रममा हराएका थिए ।

Skip This
Skip This
Logo