पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८८२  जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । जसमा २५ जनामा पिसीआरबाट र ३४ जनामा एन्टीजेनबाट संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा १६१ जना संक्रमणमुक्त भएका छन् भने कसैले ज्यान गुमाएको खबर छैन । हाल एक हजार ८३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Logo