डा. केसीको स्वास्थ्य अवस्था नाजुक, सरकारी पक्षसँग आज पनि वार्ता हुँदै

डा. केसीको स्वास्थ्य अवस्था नाजुक, सरकारी पक्षसँग आज पनि वार्ता हुँदै

केन्द्रबिन्दु
0
Shares

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

स्वास्थ्य क्षेत्रको सुधार लगायतका विभिन्न माग राख्दै विगत ८ दिने देखि आमरण अनशनरत डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।  तर, डा. केसीको स्वास्थ्यमा सरकार संवेदनशील देखिँदैन ।

उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गइरहेको, नसाहरु सुक्दै गएको र तीन किलो तौलसमेत घटेको चिकित्सकले जनाएका छन् ।

डा. केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित वार्ता टोलीका सदस्य प्रितम सुवेदीले सरकारसँग सोमबार पनि वार्ता हुने जानकारी दिए । स्वास्थ्य मन्त्रालयको टिमसँग सोमबार दिउँसो १ बजेदेखि वार्ता सुरू हुने उनले जानकारी दिए । सोमबारको वार्ताबाट केही सकारात्मक परिणाम आउनेमा सुवेदी आशावादी छन् । यसअघि पहिलो चरण अन्तर्गत आइतबार भएको सरकारी पक्ष र डा. केसी पक्षबीचको वार्ता विना निष्कर्ष टुंगिएको थियो । 

डा. केसीले सत्याग्रह सुरु गरेको आठौं दिन पुग्दा पनि निकाशका लागि सरकार तत्पर नहुनुले चिकित्सा शिक्षा सुधारमा संवेदनशील छैन भन्ने स्पष्ट हुन्छ । 

Logo