विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । 

चितवनको भरतपुर महानगरपालिका–१७ भ्युटावरस्थित नारायणी नदी बीचको भंगालोमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

धनुषाको मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँसघारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । 

सुर्खेतको पंचपुरी नगरपालिका–५ तिखाकुनास्थित तिखाखोलामा सोही नगरपालिका–११ बस्ने ४० वर्षीया तुल्सी बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन् । 

कैलालीको गोदावरी नगरपालिका–१२ शान्तीनगर बस्ने २६ वर्षीय मदन बडैला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–१ थामडाँडास्थित लुक्ला–पैया जाने पैदल बाटोमा माप्य दुधकोशी गाउँपालिका–१ बस्ने ४७ वर्षीय अलवा शेर्पा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

Skip This
Skip This
Logo