डेंगुबाट बागमती प्रदेशमा मात्रै ११ जनाको मृत्यु

डेंगुबाट बागमती प्रदेशमा मात्रै ११ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशमा मात्रै डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले डेंगु सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको जनाएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले डुंगुबाट काठमाडौँमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जनाएको छ । 

यस्तै प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुका बिरामी फेला परेको छ । ती सबै भन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् ।

यसैगरी, काठमाडौँमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार आठ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Logo