डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

केन्द्रबिन्दु
0
Shares

सेती प्रादेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसी काठमाडौं आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।

मंगलबार सरकारले डा. केसीलाई लिन हेलिकप्टर पठाएको थियो । तर सरकार अपहरण गर्ने नियत र शैलीमा प्रस्तुत भएको भन्दै उनी आउन मानेका थिएनन । उनले आफूलाई जबर्जस्ती गरे सह्य नहुने भन्दै आउन नमानेपछि सेनाको हेलिकप्टर फर्किएको थियो ।

आज भने उनी आफ्नै खर्चमा आउन तयार भएका हुन् ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनकाे फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको  छ भने आमशयमा पनि रक्तश्राव भएको छ । 

Logo