नेपालमा डेंगु संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८ हजार ९५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । काठमाडौं, भक्तपुर, ललितपुर, दाङ, रुपन्देही, मकवानपुर, धादिङ, गुल्मीलगायत जिल्लामा डेंगु संक्रमण बढ्दो अवस्थामा छ । डेंगु संक्रमणबाट हालसम्म २१ जनाले ज्यान गुमाइसकेका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन् भने मृत्यु हुनेको संख्या पनि धेरै छ । हालसम्म बागमतीमा काठमाडौँमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको छ ।





























प्रतिक्रिया