राष्ट्रपतिले गैर-संवैधानिक कदम चालेको भन्दै विद्यार्थीद्धारा प्रदर्शन

राष्ट्रपतिले गैर-संवैधानिक कदम चालेको भन्दै विद्यार्थीद्धारा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी गैर–संवैधानिक कदम चालेको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । 

बुधबार अनेरास्ववियु (क्रान्तिकारी)ले काठमाडौंमा राष्ट्रपति भण्डारीको पछिल्लो कदमप्रति आपत्ति जनाउदै विरोध प्रदर्शन गरेको हो । नेपाल कमर्स क्याम्पसका विद्यार्थीहरुले बुधबार मिनभवनमा राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । 

विद्यार्थीहरुले कालो ब्यानर, प्लेकार्डसहित राष्ट्रपतिको कदमविरुद्ध नाराबाजीसमेत गरेका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि देशको विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । 

Logo