कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको हो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।
घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ । अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।































प्रतिक्रिया