कपनको एक घरमा भीषणा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।
राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको हो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो जनधनको क्षति भएको छ ।
आगलागीमा परी तीन जनाको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन । आगलागीमा परेर ज्यान गुमाएकाको शव त्रिवि शिक्षण अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा रहेकाहरुको भने उद्दार गरिएको छ ।
दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो हुँदा आगो नियन्त्रणमा लिन कठिनाई भएको थियो । आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।





























प्रतिक्रिया