कपन आगलागीका मृतक तीनै जनाको पहिचान खुल्यो, एक घाइते

कपन आगलागीका मृतक तीनै जनाको पहिचान खुल्यो, एक घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको कपनमा भएको आगलागीमा मृत्यु हुने तीनैजनाको पहिचान खुलेको छ । 

गएराति बुढानिलकण्ठ नगरपालिका-११ लसुनटारमा भएको आगलागीमा मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए । 

उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आगलागीमा परी १ जना घाइते भएका छन् । घाइते हुनेमा कपन बस्ने कुशल बुढाथोकी रहेको प्रहरीले जनाएको छ । उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । 

गएराति कपनको राम मन्दिर नजिक रहेको इलाइट हिमालयन एडभेन्चर रहेको तीन तले घरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुल्हो बाल्न प्रयोग हुने ग्यास सिलिन्डर विष्फोट भएको थियो । राति पौने ७ बजे लागेको आगो तीन घण्टापछि प्रहरी, स्थानीय, दमकलको सहायताबाट नियन्त्रणमा लिइएको थियो । 
 

Logo