महोत्तरीका मिटरब्याजी अनिरुद्ध शाह जेल चलान

महोत्तरीका मिटरब्याजी अनिरुद्ध शाह जेल चलान

केन्द्रबिन्दु
0
Shares

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । 

बुधबार महोत्तरी जिल्ला अदालतको आदेशमा उनलाई जलेश्वर कारागार चलान गरिएको हो । न्यायाधीश हेमबहादुर सेनको एकल इजलासले उनलाई ठगी तथा अपराधी विश्वासघात मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए ।

महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुर घर भएका मिटरब्याजी अनिरुद्धलाई प्रहरीले गत भदौ ४ गते घरबाट पक्राउ गरेको थियो । उनले लामोसमयदेखि चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने धन्दा चलाएको आरोप छ ।

महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवका अनुसार भंगहा नगरपालिका–५ बस्ने चन्द्रकला देवी महराको जाहेरी दरखास्तको आधारमा साहविरुद्ध ठगी, अपराधिक विश्वासघात, लिखत सम्बन्धी कसूर तथा संगठित अपराध मुद्दा दर्ता गरेर उनलाई पक्राउ गरिएको थियो ।

Skip This
Skip This
Logo