डल्लुमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

डल्लुमा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको डल्लु स्थित रामघाट पुल नजिकै गएराती मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा काठमाडौंको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन् । महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । टंकेश्वरबाट डल्लुपुल तर्फ जाँदै गरेको बा ४ ख ७४२१ नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा ३५ प ८६७५ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे ठोक्किएका थिए । 

दुवै सवारी साधन सहित ट्रकका चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo