सुर्यबिनायक चोकमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्यबिनायक चोकमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको सुर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । 

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा  इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो । सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिँडिरहेकी बृद्धालाई ठक्कर दिएको थियो । 

बससहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।

Logo