भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् । उनको बिहीबार बिहान बसको ठक्करबाट मृत्यु भएको हो । 

सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बोक्ने बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो । बसको ठक्करबाट सख्त घाइते श्रेष्ठको उपचारको क्रममा ईवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ घर भई काठमाडौं बालाजु बस्ने २९ वर्षीय विनोद कार्कीलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको प्रहरीले जनाएको छ ।

Logo